News Portal

पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

हिमालीसंचार संवाददाता
५८० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने र त्यस दिन जागरमसमेत बस्ने गरेका छन।

सोही क्रममा १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्मी पुजा गरेर उनिहरुले आफन्त तथा ईस्टमित्रहरुलाई प्रसाद ग्रहणका लागि निमन्त्रणा गरेर पछि सबै भेलासमेत भए पुजा सकिएपछि ४० जना भन्दा बढीले सो पुजाको प्रसाद ग्रहणसमेत गरेका थिए।

पुजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै युवा, बालबालिका, महिलालगायतलाई झाडापखाला सुरु भएपछि उनिहरु रंगेली अस्पतालसम्म पुगेका छन।

पिन्टुको घरका सबै बिरामी परेका छन भने, रंगेली अस्पतालमा ३० बर्षका रमेश शर्मा, १४ बर्षका वजरंग मंण्डल, २२ बर्षका सरस्वती शर्मा, ३६ बर्षका मनोज सोनी, २० बर्षका सन्तोष शर्मा , १५ बर्षका कृष्ण शर्मा, २८ बर्षका उमेश शर्मा ६५ बर्षका बिना देवि साह, ४० बर्षका ग्यानन्द मंन्डललगायतका रंगेली अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ।

रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मंण्डलका अनुसार गएराति देखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएको र उनीहरुले एउटै घरमा पुजाको प्रसाद खाएको  हुनाले उनीहरुलाई फुट पोइजन भएको हुन सक्नेसमेत बताए।

मंण्डलका अनुसार पुजामा खाना राम्रोसंग नपाकेको, पानी सफा नभएर बजारबाट खरिद गरेर ल्याएको हरियो साग सव्जिमा राम्रो देखाउन ब्यपारीहरुले बढीमात्रामा किटनासक प्रयोग गरेको हुन सक्ने र घरमा ल्याएर राम्रोसँग नपाकेको कारणले गर्दा फुट पोइजन  भएको हुन सक्ने उनले बताईन।

फुट पोइजन  कारण बिरामी परेकाहरुलाई निको  हुन दुई दिनदेखि ३ दिनसम्म लाग्न सक्ने उनले बताईन। अहिले अस्पतालमा बिरामीको चाप बढेपछि बालबालिकादेखि बृद्धहरुसमेत घरमै स्लाईन पानी चढाएर बिरामीहरु उपचार गराईरहेका छन।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...