News Portal

कर्णाली चामल काण्ड: शर्माविरुद्ध कालोबजारी मुद्दा

हिमालीसंचार संवाददाता
४६१ पटक

सुर्खेत – मुगुको कालै पठाउनुपर्नेमा भक्तपुर पठाउन लागेको आशंकामा बरामद चामलका मालिक वासुदेव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाएको छ।

एसपी राजेन्द्र भट्टले कानुन व्यवसायीसँगको परामर्शमा शर्मा र उनका दुईवटा व्यापारिक फर्म दुर्गा भवानी इन्टरप्राइजेज र शर्मा ढुवानी सेवाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको बताए।

उक्त ऐनका दफा ४ मा ‘नेपाल सरकारले कुनै प्रदेश वा जिल्लामा वितरणका लागि तोकिदिएको कोटाको वा कुनै प्रदेश वा जिल्लामा बिक्रीवितरणका लागि आयात गरिएको वा एजेन्ट, डिलर वा रिटेलरका रूपमा उपलब्ध भएको मालवस्तु अन्यत्र लगेमा वा अन्यत्र बिक्री गरेमा वा एजेन्सी वा डिलरसीपको सर्तविरुद्ध वा उपभोक्ताहरूमा समुचित वितरण नहुने गरी कसैले बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने’ उल्लेख छ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को ठगीसम्बन्धी महल ३ (क) बमोजिम मुद्दा चलाउने गरी अनुसन्धान गरे पनि शर्माले गरेको अपराधमा कालोबजारी ऐन बलियो हुने भएको एसपी भट्टले बताए।

उक्त महलमा ‘भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ।

कालोबजार ऐनअन्तर्गतको मुद्दा प्रमुख जिल्ला अधिकारी र ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतले हेर्ने व्यवस्था रहेको छ। प्रहरीले शर्माको व्यावसायिक फर्ममा कार्यरत ६ जनाको बयान लिए पनि उनी फरार रहेको बताएको छ।

आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शर्माले ढुवानी गर्न लागेको चामल आफ्नो गोदाममा रहेको जापानी चामलसँग मिल्दो रहेको रिपोर्ट दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको एसपी भट्टले जानकारी दिए।

कम्पनीका ढुवानीकर्ता रहेका शर्माले दुर्गा भगवती इन्टरप्राइजेजमार्फत २ सय ५० क्विन्टल चामल बिहीबार भक्तपुर पठाउन लागेका थिए। प्रहरीले सुब्बाकुनाबाट चामल लोड गरिएको ट्रक नियन्त्रणमा लिएको थियो। कान्तिपुरबाट।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...