News Portal

वैदेशिक रोजगारी: रोकिए सवा लाख श्रमिक, ६ अर्ब रूपैयाँ फस्यो !

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौँ – कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६ अर्ब रुपैयाँ फसेको छ। उनीहरू गन्तव्य देशमा जानेबारे अझै टुंगो छैन।

चैत पहिलो सातासम्म उड्ने तयारीमा रहेका उनीहरूको वैदेशिक रोजगारीको लागत शुल्कबापतको लगानी फसेको हो। एक जना श्रमिकको सरदर ५० हजार रुपैयाँ फसेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार वैदेशिक रोजगार विभागबाट झन्डै तीन लाख जनाको पूर्वश्रमस्वीकृति निस्किएको थियो। ‘पूर्वश्रमस्वीकृति लिएर उनीहरूको अन्तर्वार्ता चलिरहेको थियो, एक लाख १५ हजार जना त उड्ने तयारीमै थिए,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘अन्तिम श्रमस्वीकृति निस्किएकाहरू पनि चैतयता उड्न पाएका छैनन्।

कतिपय श्रमिकले रोजगारीको भिसा लाग्नुअघि नै म्यानपावर कम्पनीलाई आधा भुक्तानी दिइसकेका छन्। भिसा आइसकेकाले भने पूरा भुक्तानी दिइसकेका छैनन्। ‘म कतारमा कफी बनाउने काममा जाने टुंगो लागिसकेको थियो, महिनाको १८ सय रियाल तलब पाउने भनेपछि फागुन अन्तिम साता मागेको मध्ये ८० हजार रुपैयाँ म्यानपावरलाई दिएँ,’ धादिङकी रीता अधिकारीले भनिन्, ‘म्यानपावरलाई कहिले जाने भनेर सोध्दा कम्पनीबाट जवाफ आएको छैन भन्छ।

म्यानपावर हाम्रो केही गल्ती छैन, सबै लगानी फसेर बसेको छ भनिरहेको छ। पैसा कसरी उठाउने भन्ने चिन्ता छ।’ उनले फागुनदेखि साहुलाई ब्याज तिर्दै आइरहेको बताइन्। याे समाचार कान्तिपुरदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...