News Portal

कोरोना महामारीका कारण धनकुटामा देउसी भैलो खेल्न रोक

हिमालीसंचार संवाददाता
३९४ पटक

धनकुटा – धनकुटा जिल्लामा कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

समुदाय स्तरमा कोरोना भाइसर संक्रमण बढीरहेको भन्दै त्सको जोखिम न्यूनीकरण गर्ने भन्दै दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको हो । सो बैठकले कोभिड –१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थान छनौट स्थानीय कहले गरी आ–आफ्नो पालिकामा आगामी बुधवारसम्म व्यवस्था मिलाउनु पर्ने निर्णय समेत गरेको छ ।

सो व्यवस्था मिलाउन अघि कोही संक्रमितको मृत्यु भएमा मूलघाटमै अन्तिम संस्कार गर्ने निर्णय समेत गरेको छ। आमनागरिकहरुले गरेको पीसीआर परिक्षणमा पोजिटिभ देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी नदिएको भन्दै प्रदेश सामाजिक मन्त्रालयसँग समन्वय गरेर तथ्यांक राख्ने र संक्रमित देखिएकाले कार्यालयलाई जानकारी दिन सूचना प्रकाति गर्ने निर्णय गरेको छ । सो जानकारी संक्रमितहरुले नदिई लुकाई राखेमा कानूनी कार्वाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले पीसीआर परिक्षण गर्ने व्यक्तिहरुले परिक्षण शुल्कको ५० प्रतिसत व्यहोर्ने र बाँकी ५० प्रतिसत सम्बन्धित स्थानीय तहले व्यहोर्नु पर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । अधिकारीका अनुसार हिरासतमा रहेका बन्दीहरुको पीसीआर परिक्षणको शुल्क सम्बन्धित पालिकाले व्यहोर्ने जनाएको छ ।

यस्तै बैठकले सात वटा स्थानीय तहको दामासाही लगानीमा नयाँ शव बाहन खरिद गर्ने र सो शव बाहन सञ्चालन नेपाल रेडक्रस सोसाईटी धनकुटाले गर्ने निर्णय गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिएका छन् ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जिल्लाको कोभिड संक्रमितहरुको संख्या र अवस्थाका बारे जानकारी दिएका थिए । सेन्टरका अध्यक्ष विमलीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सांसदद्वय लीला सुब्बा र कुसुमकुमारी श्रेष्ठले सुझाव दिएका थिए ।

यस्तै बैठकमा पाख्रीवास नगरपालिकाका प्रमुख बृषबहादुर राई, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, शहीदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले कोभिड–१९ लाई परास्त गर्न आ–आफ्नो पालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...