News Portal

भोजपुरमा व्यावसायिक किवी खेतीबाट राम्रो आम्दानी

हिमालीसंचार संवाददाता
४१६ पटक

भोजपुर – भोजपुर जिल्लामा  किवी खेती अन्य खाधान्नभन्दा राम्रो आम्दानी हुन थालेपछि भोजपुर जिल्लाका कृषकहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। एकपल्ट रोपेपछि बर्षोसम्म आम्दानी गर्न सकिने कारण उनीहरूको किवी खेतीतर्फ आकर्षण बढेको हो।

 पछिल्लो समय भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवी खेती धमाधम भइरहेको छ। केही कृषकहरू आलु र अन्य परम्परागत खेतीलाई छोडेर किवी खेती तर्फ लागेका छन्। टेम्केमैयुङ–४ नागिमाका व्यावसायी सुरज राईको परिवारले २ सयभन्दा बढी बिरुवा लगाएर किवी खेती गरिरहेका छन्।

मकै बारी मासेर भएपनि उनले पाँच वर्षअघि किवीको व्यावसायिक खेती सुरु गरेका थिए । किवी रोपेको दुई वर्षबाट आम्दानी दिन थाले पनी यस वर्षदेखि उत्पादन दोब्बर भएको उनको अनुभव छ। उनी भन्छन्, ‘किवीले हाल आएर राम्रो उत्पादन दिन थालेको छ, मकै आलुबाट खासै आम्दानी थिएन।’

कृर्षक राईले इलामबाट बिरुवा ल्याएर खेती शुरु गरेका हुन् । किवीको साथमा पाखे अलैँची र खोर्सानी खेती पनि गर्न सकिने भएका कारण दोहोरो फाइदा लिन सकिने राईको भनाई छ। 

राईको बारीमा पाँचदेखि ६ लाखसम्मको किवी फल्ने गरेको छ। परिवारका अन्य सदस्यको सहयोगबाट खेती गरिरहेका राईले अब वार्षिक १० लाखसम्म आम्दानी गर्ने अपेक्षा गरेका छन्। 

बारीमा उत्पादन भएको किवी केही गाउँमा र केही सदरमुकाममा लगेर बेच्ने गरेको राईको भनाई छ। किवी प्रतिकेजी २ सय ५० देखि ३ सय रूपैयाँसम्म बजारमा बिक्री हुँदै आएको छ। 

नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा उनी आशावादी छन्। ‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ। सडकको पहुँच वृद्धि भइरहेको छ। आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा छ’, राईले भने। 

किवी खेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए। ‘उहाँले चार वर्षअघि खेती गरेको देख्दा खास फल्छजस्तो लागेको थिएन तर अहिले अति नै राम्रो फलेको देख्दा मैले पनि खेती गर्ने सोच बनाएको छु’, उनले भने। 

किवी खेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले एक हजार पाँच सय मिटरभन्दा माथि दुई हजार ४ सय मिटरसम्मको उचाईमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...