News Portal

  • धरान स्थित वीपी प्रतिष्ठानमा दबाब समूहले वीपीमा १८ बुँदे सुझाव सहित अवधारणा पत्र बुझायो

    हिमालीसंचार संवाददाता
    २४३ पटक

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिति अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समूहले आइतबार १८ बुँदे सुझाव सहित अवधारणा पत्र बुझाएको छ।

    धरान प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई प्रतिष्ठानमा बेथिति अन्त्यको लागि दबाब समूहले अवधारणा पत्र बुझाएको हो । दबाब समूहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सुझावसहितको अवधारणा पत्र बुझाएका हो।

    वीपी प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालीन र दीर्घकालीन नीति तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको दबाब समूहले बताएको छ । अवधारणा पत्रमा विशेष गरेर कोभिड १९ लाई मध्यनजर गरेर जुन रूपमा स्थापना भएको थियो त्यो तहको उपचारको प्रत्याभूति दिनु पर्ने माग सहित १८ बुँदे सुझावहरू अवधारणा पत्रमा उल्लेख गरेको छन् ।

    प्रतिष्ठानलाई उत्कृष्ट बनाउन योजनाबद्ध र नियन्त्रित ढाँचामा रणनीतिक ढङ्गले साना साना लक्ष्यहरू किटान गर्दै काम गर्ने रोडम्याप तयार गरेर अघि बढ्नु पर्ने, प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गरिनुपर्ने,वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गरिनुपर्ने, लेभल ३ कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत हुनुपर्ने, प्रतिष्ठान भित्र अन्तर सम्बन्ध समन्वय इकाईको गठन हुनुपर्ने,सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोकिनुपर्ने जस्ता महत्वपूर्ण माँग रहेको छ।

    नागरिकले स्वास्थ्य बिमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गरिनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरणहरू अविलम्ब मर्मत सम्भार गरी सेवा सुचारु गरिनुपर्ने, इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँदै ओपिडी सेवा नियमित हुनुपर्ने, पिसिआर परीक्षण २४ सै घण्टा चालु गरी सरकारले घोषणा गरेको सुविधा सुलभ ढङ्गले प्रदान हुनुपर्ने, कोभिड अस्पताल भित्रका अव्यवस्था तुरुन्त निराकरण गरी सिसी क्यामेरा र गेटमा मनिटर राखिनुपर्ने लगायदका माँग रहेको छ।

    अस्पताल शैयाको १० प्रतिशत आइसियु रहने व्यवस्था पालन हुनुपर्ने, सिटी स्क्यान, डाईलसिस मेसिन चालु अवस्थामा ल्याई सेवा सुचारु हुनुपर्ने, फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानी पुनः समीक्षा गरी फार्मेसी व्यवस्थित गरिनुपर्ने,बिरामीको चाप अनुसार मातृ शिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गरिनुपर्ने र कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो रु कतै नेतृत्वमा समस्या छ कि रु पुनर्बिचार गरिनुपर्ने जस्ता सुझाव र मागहरू अवधारणा पत्रमा उल्लेख गरिएका छन् ।

    वीपीमा यति कामको सुरुवात गर्न १ हप्ताको समय पर्याप्त हुने भएकाले यो ’दबाब समूह’ अर्को हप्ता यसका प्रगतिहरू बारे छलफल गर्न प्रतिष्ठानमा आउने ब्यहोरा समेत जानकारी प्रतिष्ठानका पदाधिकारीहरूलाई दिइएको छ ।

    बुझएका अवधारणा पत्र बुझ्दै बीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दबाब समूहलाई प्रतिष्ठानको शुभचिन्तककोरुपमा लिएको बताउँदै बीपीलाई सही ट्र्याकमा ल्याउन अझै डेढ वर्ष लाग्ने बताएका थिए ।

    दबाब समूहले भने १८ बुँदा मध्ये एउटा न एउटा बुँदा एक हप्तामा सुधार देखिनुपर्ने बताएको छ । प्रतिष्ठानका चारै पदाधिकारीले दबाब समूहको सुझाव कार्यान्वयन गर्नका लागि तयारी रहेको प्रतिबद्धता जनाए ।

    त्सयस, मूहले आइतबार नै धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३० गतेको राशिफल

    आज साउन ३०, २०८२ (अगस्त १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

    काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको...

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...

    कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

    काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका...

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...