News Portal

टेकु अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

हिमालीसंचार संवाददाता
३५८ पटक

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न थालेका हुन् ।

काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ । अस्पतालले एक सुचना जारी जटिल अवस्थाका बिरामीले दैनिक १५ हजारसम्म उपचार खर्च तिर्नुका साथै ५० हजारसम्म धरौटी राख्नुपर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाटसंक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने गम्भिर विरामीका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने जनाएको छ ।

सघन उपचार कक्षमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई दैनिक ७ हजार ५ सय उपचार खर्च र ३० हजार धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि दैनिक ३५ सय उपचार खर्च र २० हजार धरौटी रकम अस्पतालले मागेको छ ।

सरकारी मापदण्डमा पर्ने गरिब तथा असहायहरुका लागि उपचार खर्चमा १० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट दिन सकिने अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...