News Portal

टेकु अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न थालेका हुन् ।

काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ । अस्पतालले एक सुचना जारी जटिल अवस्थाका बिरामीले दैनिक १५ हजारसम्म उपचार खर्च तिर्नुका साथै ५० हजारसम्म धरौटी राख्नुपर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाटसंक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने गम्भिर विरामीका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने जनाएको छ ।

सघन उपचार कक्षमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई दैनिक ७ हजार ५ सय उपचार खर्च र ३० हजार धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि दैनिक ३५ सय उपचार खर्च र २० हजार धरौटी रकम अस्पतालले मागेको छ ।

सरकारी मापदण्डमा पर्ने गरिब तथा असहायहरुका लागि उपचार खर्चमा १० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट दिन सकिने अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...