News Portal

हिमाल खुलेपनि खुलेनन् पर्यटकीय क्षेत्र

हिमालीसंचार संवाददाता
४३० पटक

विजय नेपाली/पोखरा – यति बेला पोखराका कुनै पनि क्षेत्रबाट अन्नपूूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य पूूर्णरूपमा हेर्न सकिन्छ तर, विगत ८ महिनादेखि भने पर्यटकीय क्षेत्र सुनसान देखिएको छ।

यो वर्ष भने सिजन शुरू हुँदासमेत पोखराको पर्यटन क्षेत्र भने शूून्य छ। विश्व माहामारीका रूपमा फैलिएको कोरोना भाइरसले पोखराको पर्यटन क्षेत्रमा नराम्ररी असर पुगेको छ। वर्षेनि हाजारौं पर्यटक आउने पोखरा अहिले सुनसान भएको छ।

आन्तरिक पर्यटकको समेत चहलपहल छैन। नेपाल सरकारले चैत महिनाबाट लकडाउन गरेपश्चात् अझै पनि पर्यटकीय क्षेत्र भने पूूर्णरूपमा खुुलेको छैन। ‘अहिले कोरोनाको त्रासले पर्यटक आउन डराएको अवस्था छ।’

पर्यटन व्यसायी राम गुरुङले भन्नुभयो। सिजन शुरू हुँदासमेत पर्यटनको आगमन भने नरहेको र सामान्यरूपमा आन्तरिक पर्यटन आउने क्रम देखिएको गुरुङको भनाइ छ। कोरोनाले पर्यटन क्षेत्रमा निकै असर पारेकाले पोखरा मात्र नभएर गण्डकी प्रदेशको अर्थतन्त्रमै प्रभाव पारेको उहाँले बताउनुभयो।

दशैं–तिहारको समय पोखरा घुम्ने समय हो। पर्यटकीय राजधानी पोखरामा हरेक वर्षको दशैं–तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै हुने गर्थ्यो। मौसम सफा हुने र बादल कम लाग्ने हुँदा यो समयमा पोखराको स्वरूप नै फेरिएको देख्न पाइन्छ। पोखरा प्रवेश गरेपश्चात् जहाँबाट पनि हिमाललाई पृष्ठभूूमि बनाउँदै फोटो खिच्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...