News Portal

हिमाल खुलेपनि खुलेनन् पर्यटकीय क्षेत्र

हिमालीसंचार संवाददाता
४६६ पटक

विजय नेपाली/पोखरा – यति बेला पोखराका कुनै पनि क्षेत्रबाट अन्नपूूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य पूूर्णरूपमा हेर्न सकिन्छ तर, विगत ८ महिनादेखि भने पर्यटकीय क्षेत्र सुनसान देखिएको छ।

यो वर्ष भने सिजन शुरू हुँदासमेत पोखराको पर्यटन क्षेत्र भने शूून्य छ। विश्व माहामारीका रूपमा फैलिएको कोरोना भाइरसले पोखराको पर्यटन क्षेत्रमा नराम्ररी असर पुगेको छ। वर्षेनि हाजारौं पर्यटक आउने पोखरा अहिले सुनसान भएको छ।

आन्तरिक पर्यटकको समेत चहलपहल छैन। नेपाल सरकारले चैत महिनाबाट लकडाउन गरेपश्चात् अझै पनि पर्यटकीय क्षेत्र भने पूूर्णरूपमा खुुलेको छैन। ‘अहिले कोरोनाको त्रासले पर्यटक आउन डराएको अवस्था छ।’

पर्यटन व्यसायी राम गुरुङले भन्नुभयो। सिजन शुरू हुँदासमेत पर्यटनको आगमन भने नरहेको र सामान्यरूपमा आन्तरिक पर्यटन आउने क्रम देखिएको गुरुङको भनाइ छ। कोरोनाले पर्यटन क्षेत्रमा निकै असर पारेकाले पोखरा मात्र नभएर गण्डकी प्रदेशको अर्थतन्त्रमै प्रभाव पारेको उहाँले बताउनुभयो।

दशैं–तिहारको समय पोखरा घुम्ने समय हो। पर्यटकीय राजधानी पोखरामा हरेक वर्षको दशैं–तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै हुने गर्थ्यो। मौसम सफा हुने र बादल कम लाग्ने हुँदा यो समयमा पोखराको स्वरूप नै फेरिएको देख्न पाइन्छ। पोखरा प्रवेश गरेपश्चात् जहाँबाट पनि हिमाललाई पृष्ठभूूमि बनाउँदै फोटो खिच्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...