News Portal

मीन विश्वकर्माकाे स्वास्थ्यमा जटिल एयर एम्बुलेन्सबाट दिल्ली उपचार गर्ने लैजान सरकारलाई आग्रह

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौं -नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केहीबेर अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी प्रतिनिधिसभा सदस्य विश्वकर्मालाई एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

‘मीनलाई हिजोदेखि भेन्टिलेटरमा राखेको छ। हिजो दिउँसो २ बजेदेखि स्वासप्रश्वासमा धेरै गाह्रो भएको भनेर डाक्टरहरुले भनेका छन्। स्वास्थ्य अवस्था जटिल भएको छ। अक्सिजनको लेभल ९५ बाट ८० मा झरेको हुनाले उहाँलाई ग्राण्डीको भेन्टिलेटरमा राखिएको छ। डाक्टरहरुले एयर एम्बुलेन्समार्फत दिल्ली लैजान उचित हुने भनेका छन्। त्यसैले मैले कांग्रेसको तर्फबाट सरकारलाई आग्रह गरेको छु।’

यस अघि विश्वकर्माको उपचारमा ध्यान दिन कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई फोन गरेर ध्यानाकर्षण गराएका थिए।

कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनदेखि अस्पतालमै राखेर उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...