News Portal

बालदिवसमा अन्तर विद्यालय बक्त्तृत्वकला प्रतियोगिता

हिमाली संचार संवाददाता
१०३९ पटक

कृष्ण प्रसाद अधिकारी
भगवतीमाई/दैलेख – “सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बालदिवस शुक्रबार दैलेखको भगवतिमाई गाउँपालिकाको वडा न ४ मा पनी बालदिवस मनाइएको छ ।

भगवतीमाई गाउँपालीकको आयोजना तथा हेल्पेटास नेपाल र भगवती माबी घुम्नेको आयोजनामा छाउपडी तथा बालविवाह अन्मुलन सम्बन्धीविद्यार्थी तथा अभिवावकको भुमीका बिषयक बक्त्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस भब्य रुपमा सम्पन्न भएको छ ।

बिब्यस अध्यक्ष पृथ्वी बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रमा भगवतिमाई गाउँपालिका वडा न ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख खतिथि कृष्ण बहादुर थापाले दैलेखका पश्चिम छेत्रको तुलनामा छाउँपडी भगवतिमाई गाउँपालिकामा केही कम भए पनी पुर्ण रुपले अन्त्य नभएको र यसको अन्त्यको लागी गाउँपालिका तथा विभिन्न संघसस्था यसतर्फ लागेको र अव सबै क्षेत्र बाट सहयोग गरे मात्र यसको अन्य हुने कुरा बताउनुभएको थियो।

भाद्र २९ गते बाल दिवस को अवसरमा छाउपडी प्रथा र बालबिबाह न्यूनीकरणमा विद्यार्थीे अभिवावकको भुमिका विषयमा भएको प्रतियोगितामा ४ बिद्यालका २१ जना विद्यार्थीहरुले भाग लिएका थिय ।

जसमध्ये महादेव माबि मेतल्पाटा छात्रा मनकुमारी बिक प्रथम, कालिका माबि मन्घरका छात्र खड्क बहदुर थापा दोस्रो, भगवती माबि धुम्नेका छात्र दिवस केसि तृतिय र कालिका माबिमा छात्र साबित्रा थापा सान्तोना भएका छ्न ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...