News Portal

प्रदेश १ मा आज ३ सय ५७ जना कोरोना संक्रमित थपिए

हिमालीसंचार संवाददाता
२४६ पटक

विराटनगर – प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिए, २ सय ४७ जनाले स्वास्थ्यलाभ लिएका छन्।

मोरङ १ सय ८३, झापा ६९, सुनसरी ५३, उदयपुर १५, धनकुटा ५, इलाम ४, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र भोजपुर १-१ र प्रदेश १ बाहिरका २४ जनामा कोरोना पोजेटिभ रहेको आज सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर १ सय ८३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये ५३ महिला र ७० पुरुष रहेका छन् । मोरङको उर्लाबारी १६, पथरीशनिश्चरे ११, सुन्दरहरैचा ९, बेलबारी ८, बुढीगंगा र कटहरी ३-३, धनपालथान, ग्रामथान र रंगेली २-२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारी १-१ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो। 

झापाको दमक ३७, कमल गाउँपालिका १०, बिर्तामोड र गौरादह ४-४, कनकाई, शिवसताक्षी, मेचीनगर २-२, भद्रपुर, बुद्धशान्ति, बाह्रहदशी र अर्जुनधारा १-१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरी २८, इनरुवा १०, धरान ६, रामधुनी ३, कोसी गाउँपालिका २, बराह क्षेत्र, बर्जू, देवानगञ्ज र दुहबीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा ५, चौदण्डीगढी ४, कटारी ५ र बेलका १, धनकुटाको धनकुटा नगरपालिका ४ र महालक्ष्मी १, इलामको चुलाचुली ३ रोङ १, ओखलढुङ्गाको सुनकोसी, सङ्खुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट आज पोजेटिभ आएको छ । यो सम्पूर्ण विवरण सहित आज प्रदेश १ को कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ ।

आज प्रदेश १ बाट २४७ जना स्वास्थ्यलाभ 

प्रदेश १ मा आज २४७ जना स्वास्थ्यलाभ लिएका छन् । होम आइसोलेसनबाट १९७, होटेल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना स्वास्थ्यलाभ लिएर धर फर्केका हुन्। हालसम्म स्वास्थ्यलाभ लिनेको संख्या ११ हजार ९८ पुगेको छ । 

त्यस्तै आज प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...