News Portal

बेलायतमा फेरी एक महिना लकडाउनको घोषणा

हिमालीसंचार संवाददाता
३४४ पटक

एजेन्सी – बेलायतमा फेरी एक महिना लकडाउन घोषणा गरिएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ तारिखदेखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन्। लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन। अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ ।

यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ। प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

बेलायतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बेलायतमा १० लाख ११ हजार नाघेको छ ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...