News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साप्ताहिक: कात्तिक १६ गते आईतबारदेखि २२ गते शनिबारसम्मको राशिफल

    हिमालीसंचार संवाददाता
    ४११ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    पारिवारिक भेटघाटले माहोल रमाइलो रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। खानपानको आनन्द प्राप्त हुनेछ। पहिरनको सोखले खर्च बढाउन सक्छ। अरूको भनाइमा लाग्दा व्यर्थैमा विवादित भइएला। सञ्चित रकम खर्चनुपर्ने स्थिति आउन सक्छ। पछिल्ला दिनहरू संघर्षपूर्ण बन्ने हुँदा साताको पूर्वार्द्धमै उपलब्धि प्राप्त हुनेछ। उत्तर्द्धमा सुखदुःखमा साथ दिनेहरू कमै फेला पर्नेछन्। तापनि शुभचिन्तकहरूले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छन्। विगतका कमजोरी बाहिरिनाले सप्ताहान्तमा आत्मबल कमजोर हुनेछ।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    प्रारम्भमा केही दौडधुप र खर्च गर्नुपरे पनि मिहिनेतले चिताएको काम सम्पादन हुनेछ। चुनौती पन्छाउँदै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। रमाइलो भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा केही दु:ख पनि पाइनेछ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सहयोगीहरूले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छन्। अग्रजहरूको साथले उपलब्धि प्राप्त हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रारम्भमा आम्दानीले उत्साह जगाउनेछ। विशेष अवसर जुट्नाले दिगो फाइदा हुने काम गर्न सकिनेछ। तर, लगत्तै आकस्मिक खर्चको समय पनि आउनेछ। सोम, मंगल र बुधवार अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार हुनेछ। उत्तर्द्धमा केही सुधार आउनाले प्रतिष्ठित कामको अवसर पनि जुट्नेछ। रमाइलो पारिवारिक जमघटमा सहभागी भइनेछ। खानपानको असावधानीले स्वास्थ्य भने केही कमजोर रहन सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    प्रारम्भमा चुनौतीमाथि विजय प्राप्त हुनाले काममा उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्तसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। बुधवारपछि खर्चिलो काम गर्नुपर्दा ऋण–कर्जा बढ्न सक्छ। होसियारीसाथ काम गर्दा दिगो फाइदा हुनेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा रमाइलो भेटघाट गर्दैमा समय बित्नेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। तर सुरुमा परिस्थिति अनुकूल नहुनाले चुनौती सामना गर्नुपर्ला। सोमवार र मंगलवार पदासीन व्यक्तिहरूसँग मतभेद बढ्नेछ। तापनि मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। पहिलेको स्थितिमा सुधार आउनुका साथै मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। बुधवारपछि फजुल खर्च समेत बढ्ने ग्रहयोग रहेकाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    प्रारम्भमा अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ। सोमवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनेछ। तर, उच्च महत्त्वाकांक्षाले प्रगतिमा बाधा पुर्याउनेछ। बीचमा विवादास्पद व्यक्तिलाई साथ दिनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। तापनि साता उत्साहवर्द्धक रहनेछ। सप्ताहान्तमा मनग्गे आम्दानी हुनेछ र व्यवसायमा प्रशस्त फाइदा उठाउन सकिनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रियजनसँगको भेटघाटले प्रारम्भ रमाइलो देखिए पनि यो साता केही उतारचढावमय रहनेछ। सोमवारदेखि अस्वस्थताले सताउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। अप्ठ्यारो परिस्थिति सुल्झनुका साथै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। सप्ताहान्तमा तारिफयोग्य काम सम्पादन हुनाले धेरैको प्रशंसा पाइनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रारम्भमा विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा विभिन्न चुनौती सामना गर्नुपर्ला। दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। केही उतारचढाव आए पनि लगनशीलताले काम बन्नेछ। मिहिनेतले जीवनशैलीमा समेत परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोस–जाँगर पनि बढ्नेछ। बुधवारपछि काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले भैपरी आउने समस्या सुल्झनेछन्। परिबन्धले केही झमेला निम्त्याए पनि लगनशीलाताले आफ्नो लक्ष्यनजिक पुर्याउनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    सुरुमा लगनशीलताले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। सोमवारदेखि प्रतिस्पर्धीहरूले भने विभिन्न अवरोध सिर्जना गर्नेछन्। तापनि आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको अन्त्यमा मौसमी गडबडीले स्वास्थ्य कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले भविष्यका लागि कर्मसञ्चय गर्न सकिनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    प्रारम्भमा परिबन्धले केही झमेला निम्त्याए पनि मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। पहिलेको स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। उत्तरार्द्धमा फजुल खर्च भने बढ्न सक्छ। तापनि मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। सप्ताहान्तमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    प्रारम्भ उत्साहवर्द्धक देखिए पनि यो सातामा केही उतारचढाव समेत आउनेछन्। पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि आँटले महत्त्वाकांक्षा पूरा हुनेछ। बीचमा आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा धेरै समय दिन नसकिएला। पहिलेका कमजोरीमा सुधार ल्याउन केही समय लाग्नेछ। सप्ताहान्त भने निकै उपलब्धिमूलक रहनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका पनि खोल्नेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    प्रारम्भ उत्साहवर्द्धक रहनेछ। प्रयत्न गर्दा बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। कुराभन्दा कामलाई ध्यान दिनुहोला। आँटले काम लिँदा विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। परिस्थितिले समयको महत्त्वलाई ठम्याउन प्रेरित गर्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिन सकिनेछ। अध्ययनले उचाइमा पुर्याउनेछ। सप्ताहान्तमा स्वास्थ्यका लागि अलि सजग रहनुपर्ला। (नेपालीपात्रो)

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...