News Portal

धरानमा १३ जना कोरोना संक्रमित, १ जना संक्रमितको मृत्यु

हिमालीसंचार संवाददाता
३४३ पटक

धरान –  धरान उपमहानगरपालिका धरानमा शनिवार साँझ थप १३ जना कोरोना संक्रमित थपिएका छन् भने वडा नं. ९ का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिवार साँझ धरानमा थप १३ जना कोरोना संक्रमित थपिएसँगै धरानमा कोरोना संक्रमित कुल संख्या २ हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै, शनिवार धरान – ९, का १ जना कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वडा नं. ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालका अनुसार कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनलाई श्वास फेर्न गाह्रो भएकाले वीपीको कोभिड अस्पताल लगिएको थियो। 

धरान स्थित वीपीको कोभिड अस्पतालमै उनको मृत्यु भएको हो । परिवारले वीपीबाट विराटनगर लाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष कटुवालले बताए। मृतकको शव व्यवस्थापन आइतबार सरकारी शव व्यवस्थापन टोलीले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...