News Portal

रियलको जितमा बेन्जिमाको दुई गोल

हिमालीसंचार संवाददाता
३८४ पटक

स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता टोली रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा रियलले हुयस्काललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । तयस्तै इडेन हाजार्ड र फेड्रिको भाल्भार्डेले समान एक–एक गोल गरे । खेलको ४० औँ मिनेटमा हाजार्डले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । 

पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको ५४ औं मिनेटमा रियलका लागि भाल्भार्डेले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० गोलको बनाए । 

७४ औँ मिनेटमा हुयस्काका लागि डेभिड फेरेरियोले गोल गर्दै टिमलाई केही राहात दिलाए । ९० औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ गोलको जित दिलाए । 

जितसँगै रियलले ७ खेलबाट १६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित हुयस्काको ५ अंक रहेको छ । 

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...