News Portal

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु भएको छ।यस्तै सुसनरी, उदपयपुर, बारा कास्की, बाँके र प्युठानका एकएक जना संक्रमितको पनि ज्यान गएको छ ।

बिजेश्वरी, काठमाडौंकी ८० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । २२ असोजमा कोरोना संक्रमण पुष्टि भएकी उनी श्वासप्रश्वासमा समस्या भएर २ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई दम र मिर्गौलासम्बन्धी बिमारी समेत थियो ।

बालुवाटार, काठमाडौंकी ५३ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । उनलाई ९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

टोखा, काठमाडौंकी ३२ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । २६ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भन निमोनिया भएर ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् ।

काटेश्वर, काठमाडौंकी ८१ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको १० कात्तिकमा पुष्टि भएको थियो भने निमोनिया भएर १२ गते अस्पताल पुगेकी थिइन् ।

गौशला, काठमाडौंका ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ गते अस्पताल भर्ना भएका थिए ।

काठमाडौंका ९० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । १३ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

कीर्तिपुर, काठमाडौंका ७८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । निमोनिया भएर ३० असोजमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोही दिन पुष्टि भएको थियो ।

सूर्यविनायक, भक्तपुरका ७६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी मुटुमा समस्या भएर ८ गते अस्पताल पुगेका थिए । उनलाई उच्च रक्तचाप र दमको समस्या समेत थियो ।

सल्लाघारी, भक्तपुरका ८८वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । उनलाई १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर ३ गते अस्पताल भर्ना भएका थिए ।

भक्तपुरकी ५२ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । स्टोक र मिर्गौला रोगका बिरामी समेत रहेकी उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्जासमा समस्या भएपछि १४ गते मात्र अस्पताल भर्ना भएकी थिइन् ।

ढोलाहिटी, ललितपुरका ३० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको १० कात्तिकमा पुष्टि भएको थियो भने श्वासप्रश्वास र मुटुमा समस्या भएर ११ गते अस्पताल भर्ना भएकी थिइन् ।

सानेपा, ललितपुरकी ७७वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । निमोनिया भएर ३० असोजमा अस्पताल भर्ना भएकी उनलाई ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान नोबेल मेडिकल कलेज, बिराटनगरमा मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विर्तामोड, झापाका ७५ वर्षीय पुरुषको शनिबार बिहान नोबेल मेडिकल कलेज, बिराटनगरमा मृत्यु भएको छ । निमोनियाको समस्या देखिएका उनी १२ कातिकमा अस्पताल भर्ना भएका थिए ।

गौरीगञ्ज, झापाका ७३ वर्षीय पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या भएका उनलाई ६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियोे भने ७ गते अस्पतालमा भर्ना भएका थिए ।

सुन्दरहरैचा नगरपालिका-१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान नोबेल मेडिकल कलेज, मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

बिराटनगर-३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी ६ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज लैजाने क्रममा एम्बुलेन्समा मृत्यु भएको छ । उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिबार विहान मृत्यु भएको छ । उनी शुक्रबार साँझ मात्र अस्पताल भर्ना भएकी थिइन् ।

 

निजगढ नगरपालिका-९, बाराका ६२ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गैंडाकोट नगरपालिका-२, नवलपुरकी ७७ वर्षीया महिलाको होम आइसोलेनसमा मृत्यु भएको छ ।

कावासोती नगरपालिका-६, नवलपुरका ६७ वर्षीय पुरुषको शनिबार विहान होम आइसोलेसनमै मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-९, कास्कीकी ६२ वर्षीया महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तुलसीपुर नगरपालिका-१८, दाङका ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । १३ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो ।

घोराही उपमहानगरपालिका-४, दाङका ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान मृत्यु भएको थियो । ११ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १२ गते पुष्टि भएको थियो ।

नेपालगञ्ज-१०, बाँकेका ६० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

माण्डवी गाउँपालिका–३, प्युठानका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शुक्रबार राति मृत्यु भएको छ । निमोनिया भएका उनको बुटवलमा उपचार नभएपछि चितवन लगिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...