News Portal

मीना चौलागाईंका तीन मुक्तक

हिमालीसंचार संवाददाता
५८६ पटक

              मुक्तक – १

दिलभित्र सुकेको खरमा झैँ डढेलो सल्किएपछि
खुशी फुल्ने मनको चौतारीमा पिर पल्किएपछि
कसरी फुलाऊँ ओठमा मुस्कान तिमीले भन्दैमा
तिम्रै कारण यी आँखामा आँसु छल्किएपछि !

            मुक्तक – २

एउटै प्रतिबिम्ब सधै वरिपररि आउँछ
एकदुई पटक मात्र हैन घरीघरी आउँछ
उसकै जस्तो मनलाई पत्थर बनाउँ भन्छु
टाढा नभई याद झन् नजिक सरी आउँछ !

            मुक्तक – ३

सुनसान रातमा साथ दिने चाँद भएको छ
बितेका तिनै मीठा पलको माद भएको छ
भुल्नु भन्न सजिलो छ,भुलाउन निकै गाह्रो
आगोले झैँ पोल्ने अचेल याद भएको छ !

– मीना चौलागाईं
पाँचखाल-६, काभ्रे।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...