News Portal

‘मृत्युले लाँदिन भन्दैन’

हिमालीसंचार संवाददाता
५११ पटक

प्रथा

तनमा होस् कि मनमा भोकले लाग्दिन भन्दैन
वागमा होस् कि वनमा फूलले फुल्दिन भन्दैन !

सुख र दु:ख घामछायाँ जिन्दगीको दोबाटोमा
धीरमा होस् कि पीरमा आँसुले झर्दिन भन्दैन !

विचित्र छ यो जगत फरक लय फरक ताल
नहर होस् कि नदीमा पानीले बग्दिन भन्दैन !

एक दिन छोडेर जानु छ तेरो र मेरो किन हो
तिर होस् कि भीरमा हावाले वहँदिन भन्दैन !

काँटामा घुम्ने जिन्दगी गतिमै चल्छ जीवन
दिन होस् कि रातमा घडीले चल्दिन भन्दैन !

जे जे गर्छौ आजै गर भोली के हो थाहा हुन्न
डरमा होस् कि भरमा मृत्युले लाँदिन भन्दैन !

         काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...