News Portal

मेलम्चीको भाका फेरीयो, काठमाडौमा कहिले आउछ मेलम्चीको पानी

हिमालीसंचार संवाददाता
५४७ पटक

काठमाडौ – काठमाडौबासीको वर्षौ देखिको सपना मेलम्ची परियोजना पुरा हुने समय फेरी परिवर्तन भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ। गएकै दशैंमा आउने भनिएको मेलम्चीको पानी पिउन काठमाडौबासीले फेरी एक वर्ष पर्खनुपर्ने भएको छ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ। त्यसका लागि पनि थुप्रै चुनौती भने बाँकी छन्। सरकारको नयाँ कार्यतालिका अनुसार अब आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना छ।

मेलम्ची आयोजनाको म्याद पटकपटक थपिएको छ। अघिल्लो दशैंमा काठमाडौवासीलाई मेलम्चीको पानी पुग्ने बताइए पनि त्यो बाचा पुरा हुन सकेन। खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र मार्फत अहिलेको दशैंमा मेलम्चीको पानी जनता समक्ष लैजाने प्रतिवद्धता गरेकी थिइन्। त्यसमा असार मसान्त सम्ममै मेलम्चीको पानी काठमाडौ पुगीसक्ने उल्लेख थियो।

मन्त्री मगरले भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ। सरकारलाई कोरोना एउटा बहाना बनेको छ। कोरोनाको कारण देखाउँदै म्याद थप्दै गएको सरकारले अब अर्को वर्ष मात्र आयोजना पुरा गर्ने जनाएको छ।

आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...