News Portal

मेलम्चीको भाका फेरीयो, काठमाडौमा कहिले आउछ मेलम्चीको पानी

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाडौ – काठमाडौबासीको वर्षौ देखिको सपना मेलम्ची परियोजना पुरा हुने समय फेरी परिवर्तन भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ। गएकै दशैंमा आउने भनिएको मेलम्चीको पानी पिउन काठमाडौबासीले फेरी एक वर्ष पर्खनुपर्ने भएको छ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ। त्यसका लागि पनि थुप्रै चुनौती भने बाँकी छन्। सरकारको नयाँ कार्यतालिका अनुसार अब आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना छ।

मेलम्ची आयोजनाको म्याद पटकपटक थपिएको छ। अघिल्लो दशैंमा काठमाडौवासीलाई मेलम्चीको पानी पुग्ने बताइए पनि त्यो बाचा पुरा हुन सकेन। खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र मार्फत अहिलेको दशैंमा मेलम्चीको पानी जनता समक्ष लैजाने प्रतिवद्धता गरेकी थिइन्। त्यसमा असार मसान्त सम्ममै मेलम्चीको पानी काठमाडौ पुगीसक्ने उल्लेख थियो।

मन्त्री मगरले भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ। सरकारलाई कोरोना एउटा बहाना बनेको छ। कोरोनाको कारण देखाउँदै म्याद थप्दै गएको सरकारले अब अर्को वर्ष मात्र आयोजना पुरा गर्ने जनाएको छ।

आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ।

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...