News Portal

पुर्वाञ्चलमा आज कोरोना संक्रमित ५६९ जना थपिए, संक्रमितको संख्या २० हजार पुग्न लाग्यो

हिमालीसंचार संवाददाता
३९५ पटक

विराटनगर – पुर्वाञ्चल प्रदेश नं. १ अन्तर्गत आज  कोरोना संक्रमित ५६९ जना थपिए, कोरोना संक्रमित संख्या १८,९५३ पुगेको छ। आज मोरङ २५३, झापा १४३, सुनसरी ११२, उदयपुर १२, इलाम ११, धनकुटा ४, भोजपुर ३, सोलुखुम्बु २, पाँचथर, खोटाङ र तेह्रथुममा १–१ गरी प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ। संक्रमित पुष्टि भएका ६१ महिला र ८६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा २०, पथरीशनिश्चरे १८, कटहरी ९, सुनबर्षी ८, ग्रामथान ७, बुढीगंगा र उर्लाबारी ६–६, धनपालथान र बेलबारी ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारी ४–४ र रतुवामाई २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

झापाको दमक ७५, बिर्तामोड १५, गौरादह १०, कमल गाउँपालिका ९, कनकाईमा ६, भद्रपुर ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारा ४–४, शिवसताक्षी र हल्दिबारी ३–३, बाह्रदशी २, गौरीगञ्ज र झापा गाउँपालिका १–१ र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

सुनसरीको इटहरी ३९, धरान ३६, इनरुवा ११, बराहक्षेत्र ८, रामधुनी ४, भोक्राहानरसिंह ३, दुहबी, गढी, बर्जु र देवानगञ्ज २–२, कोशी गाउँपालिका १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको  उल्लेख गरेको हो।

उदयपुरको त्रियुगा ९, बेलका २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिका ६, फाकफोकथुम ५, धनकुटाको धनकुटा नगरपालिका ३ र शहिदभूमी १, भोजपुर ३, सोलुखुम्बुको सोलुदुधकुण्ड २, पाँचथरको फिदिम, खोटाङको दिप्रुङ चुईचुम्मा र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ भरी कोरोना संक्रमितको संख्या १८ हजार ९५३ पुगेको मन्त्रालयले जनाएको हो। 

प्रदेश १ अन्तर्गत आज ६१९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसन ५९५, मेची अस्पताल १३, न्युरो अस्पताल ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...