News Portal

गायक प्रियजन राई र दिपा तामाङको “फेसबुकमा फोटो छ” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७३४ पटक

काठमाण्डौ – गायक तथा चर्चित संगीतकार प्रीयजन राई र दिपा तामाङको आवाजमा रहेको “फेसबुकमा फोटो छ” बोलको म्युजिक भिडियो पुर्वेली जुनतारा म्युजिक युटुब मार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक “फेसबुकमा फोटो छ” म्युजिक भिडियोका गीतकार लब्ली तुल्सीको शब्द रचना रहेको यस गीतमा गायक तथा चर्चित संगीतकार प्रीयजन राई र दिपा तामाङको युगल सुमधुर आवाज रहेको गीत एक्शन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीत सुवास कुथुमी राईले रेकर्ड गरेका हुन्। सार्वजनिक गीतको मिक्सिंग, मास्टरिङ्ग गोबिन्द सोनीले गरेका गीतको म्युजिक भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन।

गीतकार तुल्सीले एउटा साँच्चो प्रेम बाध्यताले बिछोडिन्छ। त्यसपछि एक अर्कामा भएको माया र प्रेम भित्रको यादको झझल्को एक अर्काको अभाव र न्याश्रो पना मेट्न फेसबुकमा आफ्नो अवस्था र गतिबिधिहरु नियाल्न गीतको माध्यमद्वारा एक अर्कालाई आग्रह गरेका छन् । 

पुर्बेली माटोको सुमधुर भाका र उत्कृष्ट गायन कलाले निक्कै माथी उठेको यो गीतमा भावनात्मक पक्षहरुलाई निक्कै परिपक्क, बल्लियो गीति कलाको माध्यमद्वारा कलात्मक ढंगले गीतमा प्रस्तुत गरिएको छ। समग्रमा यो गीतको सबै पक्ष निक्कै राम्रो भएको हुनाले गीतलाई दर्शक र श्रोताहरुले मन पराई दिने कुरामा निर्माण पक्ष विश्वस्त रहेको हिमाली संचारसंगको कुराकानीमा संगीतकार तथा गायक प्रीयजन राईले बताए। 

म्युजिक भिडियो यहाँ हेर्नस्

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...