News Portal

सांसद लिङ्देन गृह जिल्ला झापाका अस्पतालहरुको अनुगमनमा निस्किए

हिमालीसंचार संवाददाता
३२९ पटक

झापा – झापा जिल्लाबाट प्रतिनिधिसभाम अन्तर्गत राप्रपा पार्टीको प्रतिनिधित्व गरिरहेका सांसद राजेन्द्र लिङदेनले झापा जिल्लाका विभिन्न चार वटा स्थानीय अस्पतालहरूको अनुगमन गरेका छन्।

आज झापास्थित भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल, भद्रपुरकै ओम साई पाथीभरा अस्पताल, बिर्तामोडस्थित मनमोहन, बि एन्ड सी अस्पतालको अनुगमन गरेका हुन्। 

जिल्लाका स्थानीय नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थितिमा सांसद लिङ्देनले जिल्लाका विभिन्न अस्पतालहरूको अनुगमन गरेका हुन्।

पछिल्लो समय झापा जिल्लाका कोभिड १९ को बहानामा झापाका अस्पतालहरूले सामान्य रोगका बिरामीलाई समेत भर्ना लिन नमान्ने परिपाटी बढ्न थालेपछि सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका थिए। बिरामीले उपचार नपाएर ज्यान नै गुमाउनु पर्ने अवस्था आउँदासम्म अस्पतालहरूले न्यूनतम मानवीय संवेदनासमेत देखाउन छाडेको भन्दै सांसद लिङ्देन अनुगमनमा निस्किने योजना बनाएका थिए ।

सांसद लिङदेनले अनुगमनमा निस्किने कुरा केही समय अघि  सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए। आफ्नो अनुगमनमा सहभागिता जनाउनका लागि झापाली नागरिकहरुलाईपनि आह्वान समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...