News Portal

सहायक निरीक्षक चन्द कुशे गाउँपालिकाको आशा र भरोसाका पात्र

हिमालीसंचार संवाददाता
११९८ पटक

जाजरकोट – जाजरकोट जिल्लाको अति दुर्गम मानिएको कुशे गाउँपालिकामा सुशासन कायम राख्न आशा र भरोसाको रुपमा सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्द करिब एक महिने कार्यकालमा आशा र भरोसाको किरणहरु छरपस्ट भएका छन।

मुस्कानसहितको प्रहरी सेवा दिन पहिला प्रहरीको अनुहारमा मुस्कान छाउनुपर्ने हुन्छ अनि मात्र प्रहरीले दिने सेवा गुणस्तर हुन्छ भन्ने मान्यता बोकेका सहायक निरीक्षक चन्दले एक महिने कार्यकालमा प्रहरीमा मुस्कान ल्याउने विभिन्न योजना बनाइ स्थानिय सरकारसंग आबश्यक सहयोग मागी कामको थालनीसमेत गरेको एक स्थानिय अगुवाले बताए।

समाजमा बिकृतीको रुपमा रहेको अबैध मदिरा, जुवा तासलाई नैतिक शिक्षाको माध्यमबाट नियन्त्रणको प्रयास थालेको तथा नैतिक शिक्षाबाटै समाजमा घट्ने विभिन्न अपराधमा कमि आएको, दशै जस्तो ठूलो पर्वमा कुनै अप्रिय घटनासमेत नघटेको शिबलाल रानाले बताए।

समाजमा शान्ती सुरुक्षा कायम राख्न जनतासंग हाम्रो अनुरोध जस्ता ज्यादै महत्वपुर्ण कार्यक्रम लिइ कुशेका विभिन्न टोल, बस्तीहरुमासमेत पुगि जनतासंग प्रत्यक्ष भलाकुसारी गर्ने गरेकै कारण यस्तो प्रहरी अधिकारी अहिलेसम्म कुशेले नपाएकोसमेत भन्ने जमात बाक्लै भेटिने गरेको छ।

सहायक निरीक्षक चन्दको शान्ती सुरक्षा कायम राख्न तथा प्रहरीको मुहारमा मुस्कान ल्याउने कार्यमा हरदम सहयोग गर्न स्थानीय सरकार सदैब लागि रहने वचनसमेत दिएका छन।

यो पनि पढ्नुहोस्।

एउटा सिपाहीको दिन चर्या

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...