आज : २०२६-०८-२३, आइतबार

चिनियाँ राजदूत यू होङद्वारा प्रधानसेनापति थापालाई बधाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् ।

साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि, भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रधानसेनापति थापालाई जंगी अड्डा पुगेरै बधाई दिएका थिए ।