आज : २०२६-०८-११, मङ्गलबार

संचारकर्मी रवि लामिछाने र पत्नी निकितालाई कोरोना पुष्टि

काठमाण्डौ – सिधा कुरा जनतासँगका कार्यक्रम संचालक तथा लोकप्रिय पत्रकार रवि लामिछाने र उनको पत्नी निकीतालाई कोरोना पुष्टि भएको रबि लामिछानेले आफ्नो फेसबुकमा पोस्ट गरेर बताएका छन्।

उनलाई मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि हिजो बुधबार पिसिआर टेष्ट गरेका थिए। आज रिजल्ट पोजिटिभ आएको छ। आफ्नो स्वास्थ्य  अवस्था सामान्य रहेको बताएका पत्रकार रवि लामिछानेले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।