News Portal

कर्णालीको हिमाली जिल्ला पुर्याउने चामल सुर्खेतबाट भक्तपुर लैजाँदै गरेको ट्रक प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
९३६ पटक

सुर्खेत – खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा बीरेन्द्ररनगर पिपिरा नजिकैबाट ट्रकसहित १८ टन चामल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतबाट भक्तपुर लिन लागेको चामल बिशेष सुचनाको आधारमा ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका एसपी राजेन्द्र भट्टले सुर्खेतका ब्यापारीले बाहिरी जिल्ला पठाएको हुन सक्ने बताए। एसपी राजेन्द्र भट्टले २ सय ५० क्विन्टल चामल बराबद गरिसकेको भन्दै थप अनुसन्धान भईरहेको बताए।

ऊनले वीरेन्द्रनगमा रहेको एक व्यापारिक फर्मले अर्को बाहिर जिल्लाको अर्को फर्मलाई दिएको बताए। वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ। दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो।

वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ। प्रहरीले उक्त सप्लायर्सको वीरेन्द्रनगरमा रहेको गोदामसमेत सिल गरेको बताएको छ। यती ठूलो परिणाममा बाहिरी जिल्लामा चामल लिन खोजिनु शंकास्पद भएको भन्दै थप अनुसन्धान भईरहेको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...