News Portal

सांसद राजेन्द्र लिङ्देनले झापा जिल्लाका मुख्य अस्पतालहरूको अनुगमन गर्ने

हिमालीसंचार संवाददाता
४५३ पटक

झापा – झापा जिल्ला राप्रपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका झापा जिल्लाका सांसद राजेन्द्र लिङ्देनले झापा जिल्लाको अस्पतालहरूको अनुगमन गर्न निस्कने बताएका छन्। 

कोरोना कहरबीच सामान्य र दीर्घरोगका बिरामीहरूले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको भन्दै लिङ्देनले कार्तिक १३ गतेदेखि जिल्लाका अस्पतालहरूको अनुगमनमा जान लागेको सामाजिक संजाल फेसबुक मार्फत बताएका छन् ।

सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत जनताको प्रतिनिधि भएर जनताले पाइरहेको दुःख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरूको अनुगमन गर्ने बताएका हुन् ।

अस्पतालहरूका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहको सरकार, सरोकारवाला निकायको सांसद लिङ्देनले ध्यानाकर्षणसमेत गराएका छन् । लिङ्देन संसदको विकास तथा प्रविधिसमितिका सदस्य समेत रहेका छन् । लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्‍याउने पनि योजना बनाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...