News Portal

कोरोना संक्रमणमा  मन्त्रीको दशैंः मन्त्री केसीद्धारा आश्रममा टिका

हिमालीसंचार संवाददाता
४२७ पटक

सुर्खेत, -देशैमा कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दुहरुको महान पर्व दशैं आएर सकिएको छ। आफूभन्दा ठूलाबाट टीका थाप्ने र आर्शिवाद माग्ने पर्वको रुपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ। सकेसम्म सानो समूहमा दशैं मनाइएको छ भने अधिकांश नागरिक जहाँ छन त्यहिँ दशैं मनाउन बाध्य भएका छन् ।

कर्णाल प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा रहेका ४० जना वृद्धवृद्धालाई टीका लगाइदिएर दशैं मनाएकी हुन । दशैं मनाउन घर जान पाइएन । यहाँ रहेका वृद्ध वुवाआमाबाटै आर्शिवाद थाप्नका लागि म यहाँ आएकी हुँ ।

मन्त्री केसीले भनिन्, यहाँका आमा बुवाबाट धेरै माया पाएँ । दशैं जस्तो महान पर्वमा वुवा आमासँग मनाउन पाउनु मेरोलागि अहोभाग्य हो । मन्त्री केसीले आश्रममा जाँदा टिका, जमरा, मिठाई र नगद रकम लिएर गएकी थिईन । मानवसेवा आश्रममा पछिल्लो समयमा मन्त्रालयले दुइ वटा तरकारी खे ितगर्नका लागि टनेल समेत निर्माण गरेको छ । तरकारी हामी पहिले किन्न जानुपर्ने अवस्था थियो ।

सरकारले दुइ टनेल निर्माण गरिदिएका कारण अब हामीलाई सहज हुनेछ । मानव सेवा आश्रममा स्वंयसेवा गर्दै आइरहेकी सिर्जना वलीले भनिन्, प्रदेश सरकार मानव सेवा प्रति असाध्यै इमान्दार छ । हामीले अभिभावकको रुपमा सरकारलाई लिएका छौं । मुख्यमन्त्रीको दशैं काठमाडौंमा, मन्त्री गृह जिल्लामा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौंमा दशैं मनाएका छन् भने सामाजिक विकास मन्त्री दल रावलले हुम्लामा र उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पामा दशैं मनाएका छन् ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...