News Portal

गायक बसन्त लम्सालको “सकिँदैन देश भुल्न” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाण्डौ – नेपाली सागीतिक क्षेत्रका हस्ति करिब तीन दशक पहिले नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका बसन्त लम्साललाई अझैपनि संगीतको धङधङीले छोडेको छैन। गायक लम्सालले “सकिदैन देश भुल्न..।!” बोलको गीत ८८४८ पिक्चर्स युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

विक्रम सम्बत २०४९ सालतिर रमेश “क्षितिज”को रचना र नारायण रायमाझीको संगीतमा पहिलो पटक “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” बोलको आधुनिक गीत रेडियो नेपालमा रेकर्ड गराउदै गायन क्षेत्रमा प्रवेश गरेका गायक बसन्त लम्सालले अझैंपनि संगीतलाई मायाँ मार्न सकेका छैनन्। 

गायक,संगीतकार तथा गीतकार बसन्त लम्सालले नेपाली सागीतिक क्षेत्रमा “दोबाटोमा, एल्बममा समेटिएका गीतहरुमध्ये “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” र ”सानो होला मेरो घर, मेरा लागि संसार हो” बोलको राष्ट्रिय गीतलाई श्रोताहरुले निकै मन पराएका थिए। 

गायक बसन्त लम्सालले विस २०६३ सालतिर अध्ययनको क्रममा विदेशीएका गायकले अन्तत: “देश छोडे, तर संगीत छोड्न सकेनन! यस बिचमा विदेशी भूमिबाटै पनि आफ्नो उपस्थितीलाई कुनै न कुनै रुपमा उनले निरन्तरता दिइ रहेका छन्।

गायक लम्सालले पछिल्लो  समयमा आफ्नै शब्द र संगीतमा अन्जु पन्तको आवाजमा रेकर्ड गरेका “धरतिमा आएँ एकलै, कर्म ग्याल्छेनको स्वरमा रेकर्ड गरिएको “भन्छौ रे देश छोडेर जाने” र उनी आफैले गाएको”सम्भावना भए गाउँमै गरी केही खाने”  गीत निकै मार्मिक र स्तरीय रहेका छन।

नेपालीहरुको महान चाड बडा दशैको अवसरमा सार्वजनिक गीत मार्फत गाउधरको याद, सम्झना र स्वदेशको माया गीत मार्फत प्रस्तुत गरिएको गीत उत्कृष्ट रहेको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...