News Portal

मलाई आतंकको घेरा भित्र हालेर

हिमालीसंचार संवाददाता
५३१ पटक

मलाई आतंकको घेरा भित्र हालेर
तिमी भनिरहेछौ,
आत्म समर्पण गर
आफ्नो स्वाभिमान त्यागेर
म निरीह छु भन,
तेस पछि तिम्रो उपचार गरुला ।

ख्वामित !
तिम्रो दया मलाई चाहिएको होइन,
मेरो हक के हो ?
खोजेको मात्रै हु ।
हे परवरदिगार !
मैले भीष मागेको होइन
तिमिले नै लेखेको सम्बिधनको व्याख्या चाहेको हो ।

मलाई माफ गर मेरो मालिक
मैले आफुलाई
यो समयमा कङगाल घोषणा गर्न सक्दिन ।

तिम्रो पो सत्ता छ, भत्ता आउँछ,
मैले के दिनु कोषमा ?
तिम्रो पो शासन छ, रासन जुटिहाल्छ
मैले कसरी लालाबाला पाल्नु ?
भुइमान्छे तिमी थियौ
शिखरमा पुग्यौ
भुइमान्छेको पिडा बिर्स्यौ

तर, याद गर
टुप्पोबाट लडेउ भने के कसो हुन्छ ?
हामी त जमीन मै छौ,
लढे पनि, झरे पनि हाम्रै जमिन त हो नि

माफ गर मेरो ख्वामित
म मेरै झुपडीमा मरुला
तर, तिम्रो सामुन्ने
आफुलाइ कंगाल घोषणा गर्दिन ।

टंक राई, खोटाङ

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...