News Portal

चाडपर्बमा कस्तो मासु खाने र कसरी पकाउने ?

हिमालीसंचार संवाददाता
५५९ पटक

काठमाडौँ – दशैं भनेपछि एकाधलाई छाडेर सबैको भान्सामा मासुको परिकार पाक्ने गर्दछ। दशैंको सुरुवात घटस्थापना देखि नै मासु परिकार खाने गरिन्छ। मासु खाँदै गर्दा आफूले खाने मासु कस्तो छ। स्वस्थ्यकर छ वा, छैन् सबै कुरामा ध्यान दिनुपर्दछ।

मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। पौष्ठिक आहार भन्दैमा यसको प्रयोग सही र उचित मात्रामा नभए यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउन सक्छ। यसर्थ, मासु सेवन गर्नुपूर्व निम्न कुरामा ध्यान दिनुपर्दछ:

के को मासु सेवन गर्ने ?

मासुमा पनि दुइ प्रकार हुन्छन। पहिलो भनेको रातो मासु जुन चारखुट्टे जनावरको। खसी, बोका राँगाको मासु रातो मासु हो। जसको अधिक प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।

त्यस्तै, रातो मासुको सेवनले शरीरमा भएका विभिन्न बलिया हड्डिहरू कमजोर भई हाडजोर्नी सम्बन्धी रोगको सम्भावना अत्यधीक हुन्छ। माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु हो। रातो मासुको तुलनामा सेतो मासु राम्रो मानिन्छ। सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने, अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ।

आफूले खाने खसीबोका कस्ता छन् ?

खसीबोका वा, पन्छीको खरिद गर्नुपूर्व खसी बोकाको स्वास्थ्य कस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्दछ। झोक्य्राएर बसेको अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएकोलगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन।

त्यस्तै, मासु खरिद गर्नुपूर्व मासुको छनौटमा पनि त्यत्तिकै ध्यान र्पुयाउनु पर्दछ। नेपालका धेरै वधशाला नियमअनुसार सञ्चालनमा चलेका छैनन्। नियम विपरित खोलिका वधशालाबाट मासु खरिद गर्नुहुँदैन्। त्यस्ता ठाउँबाट मासु खरिद गरी सेवन गर्नाले मासुसँगै त्यसमा भएको किटाणुले शरिरमा प्रवेश गर्ने हुनाले रोगको संक्रमण हुन्छ।

मासु काट्ने स्थान र हातहतियार पनि सफा हुनुपर्दछ। यसर्थ, मासु खरिद गर्नुपूर्व मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ।

गुणस्तरीय मासु कसरी चिन्ने ?

स्वस्थ्यबर्धक मासु चिन्न नसकेको खण्डमा हाम्रो शरीरले दुख पाउँछ। अस्वस्थ्यकर मासुको सेवनले दशैं, दशैं नभई दशा पनि बन्न सक्छ। त्यस्तै बाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुने हुँदा त्यस्तो मासु खरिद गर्नुहुँदैन्। मासु फ्रिजमा अलग अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ। पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो।

मासु हलुका गुलाबी रंगको छ भने, त्यसमा केही न केही खरावी छ भन्ने बुझ्दा हुन्छ। मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ। यस्तै, मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने, मासु किन्नु हुँदैन। मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो।

मासु पकाउने कसरी !

मासु खरिद गर्दा मात्रै नभई पकाउँदा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ। विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ।

यस्तै, बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन। पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ। काँचो मासु खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ। मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुने हूनाले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ।

मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ। रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन।

उपयुक्त भण्डारण विधि !

दसैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ। यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ। मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन। मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ। ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ। सामान्य फ्रिजमा भन्दा डिफ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ।

अझ विर्सनै नहुने कुरा काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुँदैन्। यदि जथाभावि रुपमा काटिएका पशुपन्छिको मासु खरिद गरी सेवन गरेको खण्डमा प्राणघातक रोग लाग्न सक्छन्। यसर्थ, मासु सेवन गर्नुपूर्व पशुपन्छिको स्वास्थ्यदेखि वधशालाको सफा हुनुका साथै राम्ररी पकाएको मासु मात्र सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। त्यस्तै, शरिरलाई अपच हुने गरी पनि खानुहुँदैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...