News Portal

सोमवार बिहान १० बजेर १९ मिनेटमा टीकाको शुभ साइत

हिमालीसंचार संवाददाता
७२७ पटक

काठमाडौं – यसवर्ष वडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमवार बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ।

गृहमन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमासमेत सोही समय जनाइएको छ। वडादशै अन्तर्गत आज महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्।

आज बेलुकी कालरात्रि मनाइन्छ। भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

कात्तिक १० गते भने दशैको प्रमूखदिन हो, विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने गरिन्छ तर, कारणवश भनेकै साइतमा टीका लगाउन नसक्नेले भने त्याे दिनभर नै टीका लगाउनु शुभ मानिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...