News Portal

  • केशव राई र जुनी राईको “डाडा माथी…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ६९० पटक

    काठमाण्डौ – चर्चित युवा गायक केशव राई र गायिका जुनी खालिङ राईको युगल आवाजमा रहेको “डाडा माथी वरपीपल…!” गायक केशव राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। 

    विगत धेरै लामो समयदेखि मकाउमा रहेर नेपाली गीतसंगीतमा निरन्तर योगदान दिइरहेका गायक केशव राईले पुर्वाञ्चलकी चर्चित गायिका जुनी खालिङ राईसंगको युगल आवाजमा पूर्वेली लोकभाका आज सार्वजनिक गरेका हुन्। 

    गायक राईले भर्खरै मात्र ताप्लेजुङको पाथीभारा..बोलको गीतमा “नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७” सर्वोत्कृष्ट पूर्वेली लोक गायकतर्फ गायक केशव राई सर्वोत्कृष्ट घोषित भएका थिए। राजु आङ्देबेको रचना रहेको लोकगीतमा चर्चित गायिका जुनी खालिङ राईसंग नै युगल आवाज रहेको थियो। 

    सार्वजनिक गीतको संगीत चर्चित संगीतकार इन्द्रसुशिल चोम्बाङ, शब्द रचना एस पी निङ्लेखु स्टिरिङ रेकर्डिङ इटहरीमा गरिएको गीतको ऐरेन्जर कृष्णभक्त राई साथै मिक्सिंग मास्टरिङ मुस्कान मुकारुङ सेवा रेकर्डिङ स्टुडियो काठमाण्डौ र भिडियो इटहरीबाट तयार गरिएको गायक राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताएका हुन्। 

    गायक राईले विशेष धन्यवाद किरात राई यायोक्खा मकाउ, किरात कुमार राई मकाउ, मंगल राई मकाउ, सुरेश चन्द्र दहाल इटहरी, सन्जिब कोयी मकाउ, जीवन मुकारुङ काठमाण्डौ, अशोक मुकारुङ काठमाण्डौ, मेनुका राई, दिपा खालिङ राई धनकुटा साथै कुमार राई (बाल) मलेशिया, लब्ली तुलसी मलेशिया, दीपक बिसी संगीतकार देवेन्द्र दहाल र सन्तोष लिम्बु लगायदका महानुभावहरुलाई गायक राईले विशेष धन्यवाद व्यक्त गरेका छन् । 

    म्युजिक भिडियो यहाँ हेर्नुस्

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३० गतेको राशिफल

    आज साउन ३०, २०८२ (अगस्त १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

    काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको...

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...

    कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

    काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका...

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...