News Portal

केशव राई र जुनी राईको “डाडा माथी…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८१६ पटक

काठमाण्डौ – चर्चित युवा गायक केशव राई र गायिका जुनी खालिङ राईको युगल आवाजमा रहेको “डाडा माथी वरपीपल…!” गायक केशव राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। 

विगत धेरै लामो समयदेखि मकाउमा रहेर नेपाली गीतसंगीतमा निरन्तर योगदान दिइरहेका गायक केशव राईले पुर्वाञ्चलकी चर्चित गायिका जुनी खालिङ राईसंगको युगल आवाजमा पूर्वेली लोकभाका आज सार्वजनिक गरेका हुन्। 

गायक राईले भर्खरै मात्र ताप्लेजुङको पाथीभारा..बोलको गीतमा “नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७” सर्वोत्कृष्ट पूर्वेली लोक गायकतर्फ गायक केशव राई सर्वोत्कृष्ट घोषित भएका थिए। राजु आङ्देबेको रचना रहेको लोकगीतमा चर्चित गायिका जुनी खालिङ राईसंग नै युगल आवाज रहेको थियो। 

सार्वजनिक गीतको संगीत चर्चित संगीतकार इन्द्रसुशिल चोम्बाङ, शब्द रचना एस पी निङ्लेखु स्टिरिङ रेकर्डिङ इटहरीमा गरिएको गीतको ऐरेन्जर कृष्णभक्त राई साथै मिक्सिंग मास्टरिङ मुस्कान मुकारुङ सेवा रेकर्डिङ स्टुडियो काठमाण्डौ र भिडियो इटहरीबाट तयार गरिएको गायक राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताएका हुन्। 

गायक राईले विशेष धन्यवाद किरात राई यायोक्खा मकाउ, किरात कुमार राई मकाउ, मंगल राई मकाउ, सुरेश चन्द्र दहाल इटहरी, सन्जिब कोयी मकाउ, जीवन मुकारुङ काठमाण्डौ, अशोक मुकारुङ काठमाण्डौ, मेनुका राई, दिपा खालिङ राई धनकुटा साथै कुमार राई (बाल) मलेशिया, लब्ली तुलसी मलेशिया, दीपक बिसी संगीतकार देवेन्द्र दहाल र सन्तोष लिम्बु लगायदका महानुभावहरुलाई गायक राईले विशेष धन्यवाद व्यक्त गरेका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...