News Portal

वीपी पार्किङबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ, अर्को फरार

हिमालीसंचार संवाददाता
३१३ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् । आज विहान मोटरसाइकल चोरी गरेर लादै गर्दा एक व्यक्ति पक्राउ परेको छ।

प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईका अनुसार उदयपुरको ठोक्सिला घर भएपनि धरान ११ बस्दै आएका हरिप्रसाद निरौला रंगेहात समातिएका हुन् । उनीसँगै रहेका धरान १६ का सुदिप दाहाल भने चाबी ल्याउने बहानामा फरार भएको इञ्चार्ज राईले बताए । 

उनीहरुले प्रतिष्ठानको गाइनो र पेडियाट्रिक पार्किङबाट मोटरसाइकल डोर्याउदै लगिरहेको देखेपछि शंका लागेर सोधपुछ गर्दा तेल सकिएको भनेर जवाफ दिएका थिए । त्यसपछि शंका लागेर सेक्युरिटीले आफ्नो अफिस लगेर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेका थिए । ‘गाइनो पार्किङबाट डोर्याउदै लगिरहेको थियो, सोध्दा तेल सकियो भने । तर अफिस ल्याएर केरकार गर्दा चोरेको थाह भइहाल्यो,’इञ्चार्ज राईले भने ।

पक्राउ परेका निरौलासँगै भएका व्यक्ति भने शुरुमा नै चाबी लिन जान्छु भनेर गएका थिए । उनी फर्केर नआएको र खोजी गर्दा पनि नभेटिएको इञ्चार्ज राईले जानकारी दिए । उनीहरुले को २५ प ३५५६ नम्बरको मोटरसाइकल चोरी गरेर लैजादै थिए ।

मोटरसाइकल धरान १७ का लक्ष्मण खनालको भएको खुलेको छ । सेक्युरिटीले पक्राउ परेकाको पनि मोटरसाइकलसहित २ वटा मोटरसाइकललाई पनि प्रहरीमा बुझाएको छ । पक्राउ परेकाको साथबाट भारतको वर्कसपको भिजिटिङ कार्ड पनि भेटिएकोले उनीहरुले चोरीको मोटरसाइकल भारतमा बेच्ने गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...