News Portal

  • सुनकाण्ड : एसएसपी लोहनीलाई थुनामुक्त गर्न अदालतको आदेश

    ६०० पटक

    बिराटनगर – उच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ ।

    न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतकाे आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने अादेश दिएको हो ।

    उनले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए अनलाइन खबरले समाचार लेखेको छ।

    उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।

    र, १९ वैशाखमा उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो।

    लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको अारोप लागेको थियो ।

    हराएको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे र उनको समूहले शनम शाक्यलगायतलाई कुटपिट गर्नुका साथै करेन्ट लगाए । त्यही क्रममा शनमको मृत्यु भएपछि गोरेले शव व्यवस्थापनका लागि सञ्जेललाई गुहार मागेका थिए ।

    त्यसका लागि केसी र सञ्जेलको टोली काठमाडौंबाट धरान मात्र पुगेन, आफूसँग २ करोडको डिल गरेको गोरेको बयान थियो । तर, गोरे टोलीलाई नभेटी भारत लागेपछि योजना भत्किन्छ र महाशाखाको टोलीले शव बरामद गर्छ ।

    प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...