News Portal

  • लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    एजेन्सी – लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुन: प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका थिए। निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

    लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ। संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए। ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए।

    यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि उनले सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए। त्यसबेला सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए।

    मुलुकलाई आर्थिक संकटमा पुर्‍याएको आरोपमा त्यसबेला उनको नेतृत्वको सरकारविरूद्ध प्रदर्शन भएको थियो। गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो तर, उनी धेरै समय टिक्न सकेनन्। गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर २ सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए।

    नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए। उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन्। पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...