News Portal

  • आज वडादशैंको सातौँ दिन घरघरमा फूलपाती भित्र्याइँदै

    हिमालीसंचार संवाददाता
    ४८५ पटक

    काठमाडौं – आज वडादशैं अन्तर्गत फूलपाती पर्व। दशैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपाती देखि दशैंको खास रौनक सुरु हुन्छ। आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ।

    हिन्दू धर्मावलम्बीले वैदिक विधिपूर्वक पूजाआजा गरिएको दशैं घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ।

    फूलपाती भित्र्याएपछि नवदुर्गाको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए।

    ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन्,’ गौतमले भने।

    आज हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परंपरा छ।

    राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैं घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने परंपरा रहेका हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...