News Portal

  • नेकपाका ३ पत्रकारमाथि संगठनको कारबाही, यस्तो छ कारण (बिज्ञप्ती सहित)

    हिमाली संचार संवाददाता
    ७६३ पटक

    काठमाडौं – सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

    हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको गोप्य सुचना रेकर्ड गरी प्रहरीलाई बुझाएको, संगठनको विरुद्धमा पार्टीलाई विल्कुलै गलत सूचना दिएको, अनावश्यक रुपमा उत्तेजित पारेको र आन्तरिक काममा बाधा पु¥याएको भन्दै सङ्गठनले कारवाही गरेको बताएको छ । बैशाख १५, १६ र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय कमिटी बनाई ४८ जनालाई केन्दीय सदस्यमा निर्वाचित गरेको थियो । त्यसमध्येका ३९ जनाले एक विज्ञप्ति जारी गर्दै संगठनबाट उनीहरुलाई निष्कासन गरेको हो ।

    उक्त विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षअघि हैटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नै संगठनमा जवरजस्त गुट पैदा गर्ने र संगठनको जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीमा लगाउँदै आएको सोही समूहले गत बैशाखमा सम्पन्न राष्ट्रिय सम्मेलनमा पार्टीका नेताहरुलाई विल्कुलै गलत सूचना दिने, अनावश्यक रुपमा उत्तेजित पार्ने र आन्तरिक काममा बाधा पु¥याउने काम ग¥यो । एकातिर प्रहरीले गरेको हस्तक्षेप र अर्कोतिर आन्तरिक रुपमा त्यो प्रवृतिले पु¥याएका बाधाले सम्मेलनले नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा गर्न सकेको थिएन ।’

    सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म छलफल, बहस गरिए पनि यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने जस्ता अराजक गतिविधिमा लागेका कारण निष्कासित गरिएको उक्त सङ्गठनले जनाएको छ ।

    विज्ञप्तिमा अगाडी भनिएको छ, ‘हामी ती सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म लाग्यौ । तर, यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने, कठोर संघर्ष, दुःख, कष्ट सहँदै देशभरका साथीहरुको मेहनतबाट स्थापित भएको संगठनलाई सिध्याउने अनुशासनहीन, नैतिकहीन र विल्कुलै गलत धन्दामा लागेका कारण तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भएका प्रकाश डुम्रे, हिम विष्ट, सिर्जना तिम्सिनालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ ।’

    सम्मेलनपछि सङ्गठनको बैठक नै बस्न नसकेको अवस्थामा केहीदिन अघि प्रकाश डुम्रेले आफु अध्यक्ष बनेको भन्दै सामाजिक सञ्जालमा बधाई मागेपछि बिबादको सुरुवात भएको थियो । सङ्गठनले त्यसबखत पनि संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागिपरेको प्रष्ट पार्दै यस्ता घृणित कार्यमा नलाग्न चेतावनी दिएको थियो ।

    तर नेतृत्व हत्याउने उदेश्यले डुम्रे गुटले आफ्नो यस्ता अराजक गतिविधिलाई घटाउनुको साटो झन बढावा दिएर पार्टीका नेताहरुसँग भेटघाट गरी संगठनका सदस्यहरुको नाम तोकेरै भ्रमपूर्ण रिपोटिङ गर्दै आएका थिए । लोमो समयदेखि प्रकाश डुम्रे, हिम बिष्ट, राजेन्द्र चिमौरीया,सिर्जना तिमल्सिना,सागर लामा,आलोक लिम्बु र मोहन पन्तले पार्टी क्रान्तिलाई नराम्ररी असर पर्ने गरी अनाआवश्यक गुटबन्दी गर्ने, विभिन्न अनलाईनहरुमा मिथ्या समाचार छाप्दै आएका छन्।

    हेर्नुहोस यस्तो छ कारबाही गर्नुको कारण बिज्ञप्ती :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...