आज : २०२६-०६-२६, शुक्रबार

चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ, अनुसन्धान जारी

बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्‍न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।