News Portal

चौकीका इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर ९ महिनासम्म सलाम गरेका नक्कली प्रहरी अधिकृत पक्राउ

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौँ – अजयकुमार राय पक्राउ पर्नु अघिसम्म प्रहरी सहायक निरीक्षक असई र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए ।

रायले गत बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसको हलमा राखेर २१ परीक्षार्थीलाई परीक्षा लिइरहेको सूचना प्रहरीमा पुग्यो । जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुग्यो ।

प्रहरी निरीक्षक इन्सपेक्टर’को पोसाकमा परीक्षा चलाएको देखेपछि प्रहरी आफै चकित पर्यो । तत्कालै घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक एसपी गंगा पन्तलाई जानकारी गर्यो। यस्तो परीक्षा प्रहरीले बाहिर लिने चलन छैन । शंका लागेपछि लोकसेवाको परीक्षा तयारीबारे राम्रोसँग बुझेकी एसपी पन्तले रायलाई समात्न निर्देशन दिइन् ।

रायलाई समातेर जिल्ला प्रहरी कार्यालय पर्सा लगेपछि प्रहरी चौकीका इञ्चार्जहरू ९ महिनादेखि उनीसँग झुक्किरहेको अनुसन्धानबाट खुलेको एसपी पन्तले जानकारी दिइन् ।

‘सोधपुछको क्रममा राय प्रहरी चौकी परवानीपुर गइरहन्थे । चौकीमा जाँदा सादा पोशाक लगाउँथे,’ एसपी पन्तले भनिन्, ‘वीरगन्जमा घर बताउँदै रायले आफ्नो दरबन्दी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेको बताउँथे ।’

प्रहरी चौकीका इञ्चार्जले उनको कुरा पत्याइदिन्थे । एसपी पन्तका अनुसार चौकीमा इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर सलाम मात्र गरिरहे, आधिकारिकता परीक्षण गरेनन् ।

अनुसन्धानको क्रममा राय प्रहरी चौकी परवानीपुर, इनर्वा, छपकैया, नगवालगायत पुग्थे । प्रहरीसँग नजिक हुनकै लागि रायले त्यहाँ मिजासिलो व्यवहार गर्थे । रायलाई अहिले ठगी मुद्दामा अनुसन्धान थालिएको छ ।

९ सय रुपैयाँ दिएर गार्ड – परीक्षामा रायले गार्ड समेत राखेका थिए । राम्रै पढेलेखेको शिक्षकलाई गार्ड राखेर बुधबार रायले परीक्षा सञ्चालन गर्दै थिए । ती गार्डलाई सरकारी स्केलमै ९०० रुपैयाँ दिइने भनेर झिकाएको खुलेको छ ।

बुधबारको परीक्षामा रायले बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई सहभागी गराएको एक शिक्षकले बताए । ती शिक्षकका अनुसार प्रश्नपत्रको ढाँचा भने पत्यारलाग्दो थिएन । प्रश्नपत्र प्रहरी प्रधान कार्यालयबाट जारी गरिएको थियो । गार्ड बस्ने शिक्षक पनि रायले चिनेकै व्यक्ति छन् ।

सशस्त्र प्रहरीको इन्सपेक्टरको आवरणमा ११० दिन जेलमा-राय २०७२ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् । जतिबेला ११० दिन प्रहरी हिरासतमा बसेर मुक्त भएका थिए ।

एसपी पन्तका अनुसार रायले २०७२ सालमा सशस्त्र प्रहरीको इन्सपेक्टर भएर बारा जिल्लामा यस्तै किसिमको ठगी गरेको पाइएको छ । रायले सशस्त्र प्रहरीलाई पनि झुक्याएर लाभ लिएको पन्तले जानकारी दिइन् ।

त्यतिबेला पनि रायले सशस्त्र प्रहरीको परिचय–पत्र, नम्बर प्लेटलगायत बनाएका थिए । पछिल्लो पटक पनि नेपाल प्रहरीको इन्सपेक्टरको पोसाकसहित पक्राउ परेका रायले परिचय–पत्र र नम्बर प्लेट बनाएका छन् ।

सोधपुछको क्रममा रायले काठमाडौँबाट बनाएर ल्याएको बताएका छन् । रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो ।

बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले बताए ।

तर, नेपाल प्रहरीको कर्मचारीले लगाउने पोसाक जो कोहीले सिलाउन नसक्ने कडायतको दावी छ । ‘हाम्रो मापदण्ड अनुसारको पोसाक कसैले पनि सिलाउन सक्दैन,’ प्रवक्ता कडायतले भने ।

नेपाल प्रहरीको आफ्नै टेलर समेत रहेको कडायतले बताए । ‘नयाँ पोशाक सिलाउन परे आफ्नै टेलरमा गएर सिलाउन सकिन्छ,’ एसएसपी कडायत बताउँछन् ।

रायले लगाएको पोशाकमा प्रहरीको नेम प्लेट पनि राखिएको छ । एसपी पन्तका अनुसार यस्तै समुदाय प्रहरी साझेदारीको लोगो पनि लगाएको देखिन्छ । रायले नेम प्लेट कहाँ बनाउन दिएको र समुदाय प्रहरी साझेदारीको लोगो कहाँबाट लिएको खुलेको छैन ।

लकडाउनका कारण ठगी पेशामा-कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण ०७६ चैत ११ देखि लकडाउन भयो । लकडाउनको बीचमा राय बारा र पर्सामै बस्थे । रायको बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल घर हो ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि राय आफैले थालेको पुरानो काममा फर्केको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रायले बारा र पर्साका १३ जनालाई ठगेको पाइएको एसपी पन्त बताउँछिन् । रायले उनीहरुसँग तीन लाख ६१ हजार रुपैयाँ ठगेका छन् । परीक्षा चलाएबापत रायले २ लाख रुपैयाँसम्म उठाउने रायले योजनासमेत बनाएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...