News Portal

  • नेपाल प्रहरीले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी कुमार राई घोषित

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    विराटनगर – जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

    नेपाल प्रहरीको आन्तरिक विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी विभिन्न अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरूलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आधारमा नेपाल प्रहरीले प्रहरीले संगठनमा रहेका अधिकृतहरुलाई पुरस्कृत गर्दै आएको छ। 

    आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय तेह्रथुम दरवन्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राईलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै विस २०७७ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो।

    प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

    सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राखिँदै आइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...