News Portal

नेपाल प्रहरीले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी कुमार राई घोषित

हिमालीसंचार संवाददाता
४५९ पटक

विराटनगर – जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

नेपाल प्रहरीको आन्तरिक विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी विभिन्न अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरूलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आधारमा नेपाल प्रहरीले प्रहरीले संगठनमा रहेका अधिकृतहरुलाई पुरस्कृत गर्दै आएको छ। 

आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय तेह्रथुम दरवन्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राईलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै विस २०७७ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राखिँदै आइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...