News Portal

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा वडादशैंको शुभकामना व्यक्त

हिमालीसंचार संवाददाता
३८१ पटक

विराटनगर – प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले वडादशैंको अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्।

प्रदेश नं . १ का सभामुख भण्डारीले शुभकामना सन्देश जारी गर्दै नेपाली साँस्कृतिक पर्व बडादशै २०७७ सालको पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना दिएका हुन् । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोच सहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडादशै २०७७ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु । सन्देशमा उल्लेख गरेका छन् ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको विभिन्न जातजाति, समुदाय, भाषाभाषी, सम्प्रदाय, भूगोल र धर्माबलम्वीहरुले मनाउदै आएका चाडपर्व तथा सँस्कृतिले विविधतायुक्त विशेषताहरुलाई सम्मान गर्दै हामी नेपालीलाई एकताको सुत्रमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता, अनेकतामा एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान  पुर्याउदै आएको छ ।

नेपालीहरुले हरेक वर्ष मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको हाम्रो विशिष्ठ एवंम् मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउदै अनुपम सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जगाउदै राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु । सन्देशमा भनिएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट हामी अछुतो रहन सकेनौं । संक्रमणले तिब्र गतिमा हाम्रो समाजलाई प्रभावित पारिरहेको अवस्था छ । संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । यस्तो महामारीबाट उन्मुत्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने हामीले बिर्सनु हुन्न । अतः स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्दै अहिले हामी जहाँ छौ त्यही बसी दशैं मनाऔं रमाऔं भन्ने आग्रह गर्दछु । साथै संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकहरु प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।

यस महामारीको नियन्त्रण तथा रोगथामका लागि निरन्तर लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । सन्देशमा बताइएको छ ।

अन्त्यमा, नेपालीहरुको साझा पर्वको रुपमा विकसित हुँदै गरेको असत्य माथी सत्यको विजयोत्सवका रुपमा परापूर्वकाल देखि मनाउदै आएको बडादशै २०७७ सालको अवसरमा हामी नेपालीको पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धतालाई अझ कसिलो बनाउदै आपसी सहकार्य एवंम् एकताद्धारा मुलुकको विकास तथा समृद्धिको साझा लक्ष्यतर्फको हाम्रो यात्रालाई गन्तव्यमा पुर्याउन प्रदेश-१ को विकास र समृद्धिको माध्यमबाट समृद्ध राष्ट्र निर्माणको अभियानमा अविचलितरुपमा लागिरहन प्रेरणा प्राप्त होस शुभकामना व्यक्त गर्दछु । सन्देशमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...