News Portal

वीपी प्रतिष्ठान धरानमा उपचारका लागि शुल्क निर्धारण, पिसिआर शुल्क पनि तोकियो

हिमालीसंचार संवाददाता
३९२ पटक

धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर शाहले एक सूचना जारी गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौबाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन भए अनुसार प्रतिष्ठानमा कोभिड १९ को लागि गरिने उपचार सेवा, पिसिआर परीक्षण सम्बन्धमा आउँदो कार्तिक ९ गते आइतवारदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना संक्रमितलाई ४ भागमा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने सूचनामा जारी गरेको हो। 

कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ। प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितका लागि ७ हजार धरौटी, प्रतिदिन २ हजार शुल्क, कोरोना जस्तो हल्का लक्षण भएकाले १२ हजार धरौटी, प्रतिदिन ३५ सय शुल्क, मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी र प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नु पर्ने उल्लेख गरिएको छ। त्यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लाग्ने छ ।

यसैगरी लक्षण नभएमा वा हराएमा संक्रमित बिरामीहरूलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अब उप्रान्त पछिल्लो ३ दिनमा चिन्ह वा लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने । त्यस पश्चात् बिरामीले ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने छ । समेत उल्लेख गरेको छ। 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...