News Portal

  • पाकिस्तानमा विस्फोट: ५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते !

    हिमालीसंचार संवाददाता
    ३१५ पटक

    कराची – पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक भवनमा विस्फोट भएको छ। त्यहाँको प्रहरीका अनुसार घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। कराची विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको मसकान चौरंगीको नजिक चारतले भवन बुधबार बिहान साढे ९ बजे विस्फोट भएको हो।

    भवनको भुइँतलामा बैंक, रेस्टुरेन्ट तथा पसल थिए भने, माथिल्ला तलाहरूमा आवासीय फ्ल्याट थिए। घाइतेहरूलाई पटेल अस्पताल लगिएको छ। मृत्यु भएका मध्ये ३ वटा शव जिन्ना अस्पताल र दुई शव अब्बासी सहिद अस्पतालमा लगिएका छन्।

    विस्फोट ग्यास चुहिएर भयो वा, अन्य कुनै कारण भयो भन्नेबारे प्रमाण प्राप्त भइनसनेको बम डिस्पोजल टोलीले जनाएको छ। घटनास्थलमा खाना पकाउने ग्यासका चुल्हा पग्लिएका टुक्रा फेला परेको बिबिसीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...