News Portal

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेखका ४ जना पक्राउ

हिमालीसंचार संवाददाता
४६४ पटक

सुर्खेत – दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर-६ गोदामलाईनको  रेष्टुरेन्टबाट ४ जनालाई नियन्त्रणमा लिएको छ।

रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाँउपालिका मनोज विक, कविन्द्र सुनार मन बहादुर सुनार र सविता थापा रहेका छन।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको हो। यसको लागत मुल्य चार लाख बराबरको रहेको प्रहरीको भनाई छ। पक्राउ परेकालार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...