News Portal

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेखका ४ जना पक्राउ

हिमालीसंचार संवाददाता
४३२ पटक

सुर्खेत – दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर-६ गोदामलाईनको  रेष्टुरेन्टबाट ४ जनालाई नियन्त्रणमा लिएको छ।

रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाँउपालिका मनोज विक, कविन्द्र सुनार मन बहादुर सुनार र सविता थापा रहेका छन।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको हो। यसको लागत मुल्य चार लाख बराबरको रहेको प्रहरीको भनाई छ। पक्राउ परेकालार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...