News Portal

मलेसियाको एक तेल कम्पनीमा कार्यरत २४ नेपालीमा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
५३५ पटक

क्वालालम्पुर – मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा रहेको एक तेल उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली कामदारहरुमा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

सो कम्पनीमा कार्यरत एक कामदारले जानकारी गराएअनुसार कम्पनीमा कामगर्ने एकजना मलेसियन र अर्को एकजना चाइनिज महिला रुघाखोकीबाट ग्रसित भैई दिनैपिच्छे कामबाट विदा लिने गरेपछि कोरोनाको आशंकामा गएको १२ तारिख अस्पतालमा स्वाब परिक्षण, चेकजाँच गराउदा कोरोना देखिएकोले बाँकी सम्पुर्ण कामदारको पनि स्वाब परिक्षण गरेपछि स्थानीयलगायत करिब ६० जना नेपाली कामदारहरु मध्ये २४ जना नेपालीमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको र बाँकी अन्य नेपालीहरु सुरक्षित रहेको बताईएको छ।

मलायाखबरका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिएका स्थानीयलगायत नेपाली कामदारहरूको कोरोना विशेष अस्पतालमा थप उपचार भइरहेको र रिपोर्ट नेगेटिभ आएकाहरू होम आइसुलेसनमा बसिरहेको जानकारी दिए।

रोजगारदाता कम्पनीले पनि संक्रमितहरुसंग सक्दो सहयोग सहकार्य राम्रै गरिरहेको र उपचारमा सघाउ पुर्याइरहेको होम क्वारेन्टाइनमा बसिरहेका एक नेपाली कामदारले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...