News Portal

मलेसियाको एक तेल कम्पनीमा कार्यरत २४ नेपालीमा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
६०४ पटक

क्वालालम्पुर – मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा रहेको एक तेल उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली कामदारहरुमा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

सो कम्पनीमा कार्यरत एक कामदारले जानकारी गराएअनुसार कम्पनीमा कामगर्ने एकजना मलेसियन र अर्को एकजना चाइनिज महिला रुघाखोकीबाट ग्रसित भैई दिनैपिच्छे कामबाट विदा लिने गरेपछि कोरोनाको आशंकामा गएको १२ तारिख अस्पतालमा स्वाब परिक्षण, चेकजाँच गराउदा कोरोना देखिएकोले बाँकी सम्पुर्ण कामदारको पनि स्वाब परिक्षण गरेपछि स्थानीयलगायत करिब ६० जना नेपाली कामदारहरु मध्ये २४ जना नेपालीमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको र बाँकी अन्य नेपालीहरु सुरक्षित रहेको बताईएको छ।

मलायाखबरका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिएका स्थानीयलगायत नेपाली कामदारहरूको कोरोना विशेष अस्पतालमा थप उपचार भइरहेको र रिपोर्ट नेगेटिभ आएकाहरू होम आइसुलेसनमा बसिरहेको जानकारी दिए।

रोजगारदाता कम्पनीले पनि संक्रमितहरुसंग सक्दो सहयोग सहकार्य राम्रै गरिरहेको र उपचारमा सघाउ पुर्याइरहेको होम क्वारेन्टाइनमा बसिरहेका एक नेपाली कामदारले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...