News Portal

ट्रायल उत्तीर्ण गराइदिन्छु भनी रकम माग्ने पक्राउ

हिमाली संचार संवाददाता
४८९ पटक

भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिए ।

भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको उनले जानकारी दिए ।

पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...