News Portal

असई मृत भेटिएकै क्षेत्रमा फेला पर्‍यो वेपत्ता प्रहरी जवानको पनि शव

हिमालीसंचार संवाददाता
३८० पटक

धनगढी – कैलालीको जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान साउँदको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रहरी जवान साउँदको शव मोहना नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् । गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्। उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असईको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...