News Portal

असई मृत भेटिएकै क्षेत्रमा फेला पर्‍यो वेपत्ता प्रहरी जवानको पनि शव

हिमालीसंचार संवाददाता
३६० पटक

धनगढी – कैलालीको जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान साउँदको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रहरी जवान साउँदको शव मोहना नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् । गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्। उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असईको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...