News Portal

  • कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टाको प्रयोग, कहिले बिधुत चोरी

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७  बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाली बनाउने काम द्रुतगतिमा निर्माण भईरहेता पनि उक्त कम्पनीले भने नालीमा बारम्बार कमसल ईट्टाको प्रयोग समेत गरिरहेको छ।

    गत हप्ता अगाडी समेत नाला बनाउन कमसल ईट्ट प्रयोग गर्नका लागि ल्याएपछि स्थानीयले उक्त ईट्टा फिर्ता गर्ने  लगाएका थिए । अहिले पुनः सो कम्पनीले नाली बनाउन कमसल ईट्टा कै प्रयोग गरिरहेको छ। 

    बारम्बार यस्तो कमसल ईट्टाको प्रयोग गरेर  लापरबाही गर्दा समेत स्थानीय निकायका भने मौन रहेको छ ।  नगरपालिका र सडक विभागका ईन्जिनियरहरुले बेला बेलामा अनुगमन नगरेका कारणले  गर्दा यस्ता ठुला कम्पनी भनाउदाहरुले आफू खुशी गरिरहेका छन भने जनताको आँखामा छारो हालिरहेका छन् । यस बिषयमा सम्बन्धित निकायले समयमै ध्यान नदिए नाली बनाएको केही बर्षमै भित्किएमा नगरपालिका जबाफ देहि हुनुपर्ने समेत देखिन्छ ।

    केही दिन अगाडी समेत बिधुत  पोलबाट हुक लगाएर बिधुत  चोरी गरेको पाईएको थियो ।  सडक खण्डको दायाँ बायाँ सडक भत्कन नदिनका लागि निर्माण गर्दे गरिरहेको कम्लमवाल रिटेनिङ्ग वाल बनाउनका लागि भाईवेरट सेमिन प्रयोग गर्नेका लागि कालिका कन्ट्रक्सनले बिधुत चोरी गरेर काम गर्ने गरेको थियो ।  उक्त  सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएको हो । कम्पनीले अहिले उक्त क्षेत्रमा द्रुतगतिमा निर्माण गरिरहेको छ।   

    यस कम्पनीले कहिले बिधुत, अहिले कमसल सामाग्री प्रयोग गरेर काम गरिरेको छ। कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । सो सडक ३  बर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...