News Portal

  • एक चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

    हिमालीसंचार संवाददाता
    ३७२ पटक

    काठमाडौं – भारतीय सेनाले लद्दाखस्थित भारत–चीन सीमानजिकैबाट एक चिनियाँ सैनिकलाई पक्राउ गरेको छ। पछिल्लो समय भारत र चीनबीच सीमा समस्या समाधानको प्रयास जारी रहेको अवस्थामा भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको हो।

    भारतीय समाचार संस्था एएनआईका अनुसार आइतबार राति सीमा पार गरेर भारतीय भूमिमा आएकाले उनलाई पक्राउ गरी सोधपुछ गरिएको छ। सोधपुछको क्रममा उनले आफू चिनियाँ सैनिक भएको बताएका थिए। उनीसँग केही सैन्य कागजात भेटिए पनि उनी हतियार भने नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

    चिनियाँ सैनिक थाहा नपाएको कारण भारतीय भूमिमा आएको हुन सक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले आफ्नो हराएको याकको खोजीमा भारतीय भूमिमा आइपुगेको बताएका छन्। थाहा नपाई भारतीय भूमिमा आएकाले उनलाई विद्यमान प्रोटोकल पूरा गरी चीन फर्काइने एएनआईले बताएको छ।

    गत जुन १५ मा दुई मुलुकका सैनिकबीच भएको झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव देखिएको छ। यद्यपि त्यसयता तनाव कम गर्न दुई पक्षबीच निरन्तर वार्ता पनि हुँदै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...